image
image

अझै शुरु भएन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानको काम, किन ?

काठमाडौँ १२ फागुन। २०७६ चैत ८ गतेदेखि रोकिएको  एक सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम अझै सुरु हुन सकेको छैन । आयोजनामा अन्य काम निरन्तर भइरहेको भए पनि इलेक्ट्रोमेकानिकलको काम त्यसयता हुन सकेको छैन ।

आयोजना प्रमुख छबि गैरेका अनुसार निर्माण सामग्री उपलब्ध भैसक्द पनि  दक्ष जनशक्तिको अभावमा काम अघि बढ्न नसकेको छैन । २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँको आयोजनामा अहिले सिभिल निर्माणतर्फ बाँधस्थल, सर्ज साफ्ट र पोखरी निर्माण लगायतका काम भइरहेको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी र बाढीपहिरोले गर्दा आयोजनाको काममा ढिलाइ हुन पुगेको हो ।

 
त्यस्तै ०७४ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ ।     
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।