दोहोरो अंकले घट्यो नेप्से,८ अर्बको कारोबार
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेको छ । सोमबार पनि नेप्से ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा पुगेको थियो।
नेप्सेका अनुसार आज २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा पुगेको छ भने ८ अर्ब ५६ करोड १५ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज ट्रेडिङ बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
आज दोहोरो अंकले बजार घटेपनि चार कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।