image
image

होङ्सी सिमेन्टको लागत बढ्यो, अब मूल्य पनि बढ्ने 

काठमाडौँ ११ फागुन- अब होङ्सी सिमेन्टको मूल्य बढ्ने भएको छ ।पर्याप्त विद्युतीय नहुँदा लागत बढ्ने भन्दै गुनासो बढेको हो  । विद्युत् आपूर्ति अभाव हुँदा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको हो ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको सिमेन्ट कारखानामा माग अनुसारको विद्युत नपाएका कारण डिजेल र कोइलाबाट विद्युत् उत्पादन गरेर कारखाना चलाउनु परेकाले लागत बढेको कारखानाले जनाएको छ । त्यस्तै होङ्सीका सहायक महाप्रबन्धक जेम्सका अनुसार डिजेलबाट बिजुली उत्पादन गर्दा प्रतियुनिट २३ रुपैयाँ लागत पर्छ । विद्युत् प्राधिकरणबाट लिँदा भने प्रतियुनिट सरदर ८ रुपैयाँ ५५ पैसा पर्न जान्छ । प्राधिकरणले प्रसारण लाइन नभएका कारण कारखाना परिसरमा बत्ती बाल्न मात्र बिजुली दिएको छ ।

दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको उक्त सिमेन्ट उत्पादनमा अहिले उद्योगले कोइलाबाट १२ मेगावाट र बाँकी डिजेल प्लान्टबाट उत्पादन गर्दै आएको छ । यसरि विद्युत आपूर्ति नहुँदा समस्या आएको बताएका छन्  ।  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।