अष्ट्रेलियामा फेसबुकले न्युज पेज पुनःस्थापित गर्दै
काठमाडौँ ११ फागुन- फेसबुकले अष्ट्रेलियाका प्रयोगकर्ताहरुका लागि सबै न्युज साइट अब फेरि पुनःस्थापित गराउने घोषणा गरेको छ । मंगलबार आफ्नो बयानमा अष्ट्रेलियन 'ट्रेजरर' जोस फ्रान्यडनबर्गले यसअघि प्रस्ताव गरिएको कानुन सुधार गरिने बताएका छन् ।
अष्ट्रेलिया सरकारले यसअघि गुगल र फेसबुकलाई प्रकाशकहरुको सामग्री प्रयोग गरेवापत् भुक्तानी गर्नुपर्नेसम्बन्धी नियम ल्याएपछि यसको प्रतिक्रियामा फेसबुकले अष्ट्रेलियनहरुलाई न्युज हेर्न र सेयर गर्न नमिल्ने बनाइदिएको थियो । सरकारले यसमार्फत प्राविधिक कम्पनी र न्युज संगठनहरुबीच न्ययापूर्ण कारोबार स्थापित गराउने लक्ष्य रहेको बताउँदै आएको छ र यसले समाचार सामग्रीको मूल्य पनि निर्धारित गराउने बताइएको छ ।
फेसबुकस्थित न्युज पार्टनरसीपका उपाध्यक्ष क्याम्पबेल ब्राउनका अनुसार फेसबुकसँग आफ्नै ‘शोकेस’ रहेको छ, जसमार्फत यसले मिडिया संगठनहरुलाई आफ्नो प्लेटफर्ममा तिनका पोस्टहरु प्रदर्शन गरेवापत् भर्पाइ गर्दछ । तर, अष्ट्रेलियाको नियममा चाहिँ न्युजका लिंकहरु पोस्ट गर्न र सेयर गर्न भुक्तान नै गर्नपर्ने आवश्यकता रहेको बताइएको थियो ।