image
image

‘नौवास्ता औद्योगिक क्षेत्र’का काम सुरु हुँदै

काठमाडौँ  ११ फागुन । बैजनाथ गाउँपालिकामा ‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण हुने भएको छ । यसका लागि रु ६१ करोड विनियोजनसमेत भएको छ । रकम विनियोजनभएसँगै निर्माण द्रुत रुपमा अगाडि बढाइएको छ ।


नेपालगञ्ज औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले औद्योगिक क्षेत्र निर्माणको शुरुआत भएको जानकारी दिए । उनले ‘नौवस्ता औद्यागिक क्षेत्र परियोजना’ कार्यालय पनि सञ्चालनमा आएको बताए ।

सङ्घीय सरकारले औद्योगिक क्षेत्रका लागि चालू आवमा रु ६१ करोड खर्च गर्दैछ । बजेटबाट औद्योगिक क्षेत्रका लागि जग्गा सम्याउने, खाल्टाखुल्टी पुर्ने, प्लट बनाउने लगायतको कार्य हुने छन् । सडक ट्र्याकको सम्भावना र यसका लागि काम पनि चालू आवमा नै बढाउने योजना रहेको छ ।


बैजनाथमा ३३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना छ । औद्योगिक क्षेत्रका लागि भनिएको केही भागमा बस्तीसमेत रहेको छ । समस्याको समाधान अझै हुनसकेको छैन । यस अघि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भइसकेर पनि घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको अवस्था रहेको जनाइएको छ ।

औद्योगिक क्षेत्रका लागि डिपिआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको थियो । स्थानीय घरधनीको सङ्घर्ष समितिले सो सङ्ख्या झण्डै दोब्बर रहेको दाबी गर्दै आएको छ । अहिले भूमि समस्या समाधान सम्बन्धी आयोगको काम स्थानीय तहले गर्दै आएको छ ।

“औद्योगिक क्षेत्रमा रहेका भूमिहीन तथा सुकुम्वासीको एकीन तथ्याङ्कका लागि अहिले स्थानीय तहसँग समन्वय गरिहेका छौं ”, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले भने, “औद्योगिक क्षेत्रका लागि छुट्याइएको १० प्रतिशत भूभागमा मात्रै समस्या हो ।”

औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि २५० उद्योगीले आवेदन दिएका छन् । औद्योगिक क्षेत्र बन्न लागेपछि रोजगारी पाउने आशामा स्थानीय खुशी रहेका छन् । रासस

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।