सिएनआइले सुरु गर्यो मेक इन नेपाल अभियान, के छ लक्ष्य ?
काठमाडौँ ११ फागुन- स्वदेशी वस्तु तथा सेवा प्रवर्द्धनका लागि नेपाल उद्योग परिसंघले मेक इन नेपाल अभियान शुरु गरेको छ । सो अभियान मा हरेक वर्ष १ हजार उद्योग संचालनमा ल्याउने तयारी भइरहेको छ ।
मुलुकको औद्योगिक विस्तार एवं उत्पादन वृद्धि गर्नका लागि गरिदै आएको उक्त अभियानले उपोभाक्ता एवम् व्यापारी दुवैलाई फाइदा हुने बताएका छन् ।अहिले मुलुकको उद्योग व्यवसाय कोभिड–१९ को कारण प्रतिकूल अवस्थामा छ। कतिपय उद्योग बन्द भएका छन् भने संचालनमा रहेका उद्योग पनि ५० प्रतिशत क्षमतामा चलेका छन्।
परिसंघका प्रमुख आर्थिक सल्लाकार डा. विश्व पौडेलले व्यवसायमैत्री वातावरण, आत्मनिर्भर हुन सक्ने उद्योगहरुको उत्पादनलाई प्रोत्साहन गर्न सकेमा अभियान सफल हुने बताए। उनले पाँच वर्षको अवधिमा डुइङ बिजनेस इन्डेक्स ३०औं स्थानमाथि उक्लने लक्ष्य राखेको बताउँदै नेपाली वस्तु तथा सेवा उपभोगका लागि सरकारले समेत सहयोग गर्नुपर्ने बताए।
त्यस्तै अभियानले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत योगदान दिने महत्वाकांक्षी लक्ष्य समेत राखेको छ। अभियानले २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने लक्ष्य समेत राखेको पनि बताएका छन् ।