रिइन्स्योरेन्स कम्पनीको नामबाट नयाँ पुनर्बीमा कम्पनी संचालनको तयारी, छिटै ३ अर्बको आइपीओ आउने
काठमाडौँ ११ फागुन- काठमाण्डौ रिइन्स्योरेन्स कम्पनीको नामबाट नयाँ पुनर्बीमा कम्पनी संचालनको तयारी अन्तिम चरणमा पुगेको हो । यो कम्पनीको छोटकरीको नाम ‘काठमाण्डौ रि’ हुने प्रस्ताव गरिएको छ । कम्पनीको अधिकृत पूँजी रु. २० अर्ब प्रस्ताव गरिएको छ । जारी पूँजी रु. १० अर्ब हुनेछ भने तत्काल ७ अर्ब रुपैयाँ पूँजी जुटाइनेछ ।
यस्तै यो कम्पनीको संचालक समिति २ जना संस्थागततर्फ, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ सदस्यीय हुनेछ ।संस्थापकहरुले ७० प्रतिशत लगानी गर्नेछन् । जसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत लगानी व्यक्तिगत संस्थापकहरुको रहनेछ । ७ अर्ब संस्थापकबाट जुटाइएको छ र कम्पनी संचालनपछि रु. ३ अर्ब बराबरको आइपीओ सर्वसाधारणका लागि जारी गर्ने योजना बनाइएको छ ।७० प्रतिशत संस्थापकमध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बीमा वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार समेत भइसकेको एक संस्थापकले बताएका छन् ।
कम्पनीको प्रारम्भिक योजनाकार तथा संस्थापकको रुपमा नेपाल बैंकका पूर्व सीइओ देवेन्द्रप्रताप शाह, नेपाल रिइन्स्योरेन्सका पूर्व अध्यक्ष तथा नेपाल चार्टर एकाउन्टेन्ट संस्थाका पूर्व अध्यक्ष महेश गुरागाई, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेशकुमार भट्टराई र ज्योति विकास बैंकका सीइओ श्रीचन्द्र भट्ट रहेका छन् ।