image
image

खाद्यान्न उत्पादन गर्दै खाद्य बैंक, कहाँ कहाँ गर्यो उत्पादन शुरू ? 

काठमाडौँ ११  फागुन- अब राष्ट्रिय खाद्य बैंकले खाद्यान्न उत्पादन गर्ने भएको छ । स्वदेशमै आत्मनिर्भर बन्नका लागि बैंकले खाद्यान्न उत्पादन गर्न लागेको हो ।बढ्दो आयातलाई कम गर्ने उदेश्यका साथ खाद्य बैंकले नै खेति गर्ने भएको हो । 


त्यस्तै बैंकले खाद्यान्न उत्पादन र भण्डारणका साथै बिक्री पनि गर्ने भएको छ । निजी क्षेत्रको दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंकको स्थापना भएको हो । बाँझो जग्गा भाडामा लिएर बर्दियाका विभिन्न ठाउँमा दुई सय विघा जग्गा भाडामा लिइसकेको, मोरङ र सुनसरीमा एक हजार ४१ विघा तथा लमजुङमा पाँच सय ५० विघा जग्गा लिने तयारीमा रहेको उनले बताए । बैंक आफैंले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दही, माछा, मासु, चिया, जडिबुटी लगायत उत्पादन तथा व्यवस्थापन गर्ने बताएको छ 

राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले  अब कृषि उत्पादनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेर आयात घटाउदै निर्यात बढाउन जोड दिईने बताउनु भयो । त्यस्तै कृषि क्षेत्रलाई आवश्यक पर्ने ज्ञान, सीप, बिउबिजन तथा मलजलको समुचित व्यवस्थापन गर्ने तथा दक्ष जनशक्तिको रुपमा विशेषज्ञ वैज्ञानिकको समेत सहभागितामा काम गर्ने बैंकले जनाएको छ ।

इको सिस्टमलाई संरक्षण गर्दै गुणस्तरको खाद्यान्न समेत बिक्री गर्ने लक्ष्य सहित अघी बढेको बैंकले  हाल बैंकले कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा लिजमा लिएर उत्पादन सुरु गरिसकेको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।