image
image

८ वर्षे ‘विकास ऋणपत्र २०८५’ “घ” जारी गर्दै राष्ट्र बैंक, क-कसले पाउँछन् भग लिन ?     

काठमाडौँ १० फागुन- नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ८ बर्षे ‘विकास ऋणपत्र २०८५’ “घ” जारी गर्न लागेको छ । फागुन ११ गते गोप्य शिलबन्दी बोलपत्रका माध्यमबाट सो ऋणपत्र बिक्रि गरिने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर भने बालकबोलको माध्यमबाट निर्धारण गरिने बैंकले जनाएको छ ।


त्यस्तै ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रिय बैंकले जनाएको छ । विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन पाउने छन् । केन्द्रिय बैंकबाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउदैनन् । 

मंगलबार देखि निष्काशन हुने सो विकास ऋणपत्र भने ८ बर्षमा परिपक्क हुनेछ । वीत्तीय प्रणालीमा देखिएको अधिक तरलताका कारण यसको ब्याजदर पनि यसभन्दा अघिल्लो विकास ऋणपत्रमा तय भएको कट अफ रेटको हाराहारीमा नै हुने श्रोतको भनाई रहेको छ । यस्तै सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुने बताइएको छ ।

राष्ट्र बैंकले सो ऋणपत्र प्रतिस्पर्धीलाइ ८५ प्रतिशत अर्थात ८ अर्व ५० करोड र अप्रतिस्पर्धीलाइ १५ प्रतिशत १ अर्ब ५० करोड गरी छुट्याएको छ । संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले लगानी गर्न सक्नेछ । कुनै एक पक्षको ऋणपत्र बिक्री नभएको खण्डमा अर्को पक्षलाई बिक्री गरिनेछ । माग भन्दा धेरै आवेदन परेको खण्डमा दामासाहीको हिसाबले बाडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।