तातोपानी नाका एक सातापछि पुन:संचालनमा
काठमाडौँ। एक सातादेखि बन्द रहेको तातोपानी नाका संचालनमा आएको छ। चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको हो ।
भन्सार कार्यालयका अनुसार सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै छन् । अब नेपाली व्यवसायीले चाहेजति सामान तातोपानी नाका भएर भित्र्याउन सक्ने छन् ।
यता माघ २९ गतेदेखि ल्होसार कै कारण बन्द रहेको रसुवागढी नाका भने अझै खुल्ने निश्चित भएको छैन् । अनौपचारिक कुराकानीमा चिनियाँ पक्षले यही मंगलबारदेखि नाका खुल्ने बताए पनि त्यसपछि थप सूचना नआएको रसुवागढी भन्सार कार्यलयले जनाएको छ ।