image
image

पूर्ण रूपमा सीमा नाका खोल्न व्यवसायीको माग

काठमाडौँ १० फागुन - कोरोना महामारीको त्रास कम हुँदा पनि भारतसँग सीमा जोडिएका नाका खुल्ला नभएकाले पर्यटन क्षेत्र धरासायी भएको भन्दै व्यवसायीले सीमा खोल्न नाकामा धर्ना दिँदै आएका छन् ।अन्य क्षेत्र पूर्ववत अवस्थामा आइसक्दा पनि नेपाल भारत सीमा नाका बेलहियासहित अन्य नाकाहरू पूर्ण रूपमा खुलेका छैनन् ।

२०७६ चैत ११ गतेदेखि लकडाउन सुरु भएसँगै सर्वसाधारणका लागि आवतजावत गर्न बन्द भएको देशकै सबैभन्दा महत्वपूर्ण सीमा नाका मध्येका एक बेलहिया–सुनौली सीमा नाका बन्द छ । महिनौंदेखि बन्द नाकाहरू तत्काल खुल्ला गर्न माग गर्दै पर्यटन व्यवसायी तथा सरोकारवाला संघ–संस्थाले बेलहिया नाकामा धर्ना दिँदै आएका छन् ।

नाका बन्द हुँदा पर्यटकको संख्यामा कमि त भएको छ नै, भारत तथा भारतको बाटो भएर तेस्रो मुलुकबाट आउने सामानहरू आयातमा गर्न सकिएको छैन । जसका कारण व्यवसायनै धरापमा परेको व्यवसायीहरूको गुनासो छ । नाकालाई पूर्ववत अवस्थामा ल्याउनुपर्ने, दुवै देशबाट सहज रूपमा आवतजावतको व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायी सञ्जय बजिमय बताउनुहुन्छ ।

त्यस्तै पर्यटन क्षेत्र पूर्ण रूपमा खुल्दा पनि स्थलमार्गबाट निजी सवारीसाधन आवतजावत गर्न अझै रोकिनु, नाकाबाट पैदल यात्रुलाई असहज गराइनुले समस्या बढ्दै गएको छ । सुरक्षा सावधानी, मापदण्ड र कार्यविधि अपनाइ भारतसँग जोडिएका सीमा नाकाहरूलाई अविलम्ब पुनः सञ्चालन गरी भारतीय पर्यटकहरू सहज रूपमा नेपाल आउने वातावरण बनाउन पर्यटन व्यवसायीले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।