आयात बढ्दा बढ्यो राजश्व
काठमाडौँ १० फागुन -नेपलम कोरोना महामारीको कारण आयात निर्यात ठप्प हुँदा राजश्व संकलमा गिरावट आएको थियो। अहिले कोरोना संक्रमणको त्रास कम हुँदै जाँदा आयात निर्यात पनि बढ्दो देखिन्छ । आयात बढ्न थालेपछि राजस्व संकलन पनि बढ्दै गएको भन्सार विभागले जानकारी दिएको छ ।
यस्तै आयात बढ्न थालेपछि राजस्व संकलन पनि बढ्दै गएको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार, चालू आर्थिक वर्षको सात महिनामा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा २ खर्ब २७ अर्ब २७ करोड ९५ लाख २७ जार राजस्व संकलन भएको छ । पुस महिनासम्ममा ६ खर्ब ७१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रुपैयाँ बराबरको सामान आयात हुँदा १ खर्ब ८७ अर्ब ६५ करोड ३९ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । तथ्यांकले एक महिनामा आयातबाट मात्र ४० अर्ब रुपैयाँ राजस्व बढेको देखाएको छ ।
पछिल्लो समय आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन । जसका कारणले गर्दा व्यापार घाटा बढ्दै गएको छ । चालू आवको सात महिनामा निर्यातमा ७.६१ प्रतिशतले बढेर ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्यांक छ । तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्याकेजिङ तथा प्रशोधन भई भारत निर्यात गरेकै आधारमा केही वस्तुका कारण निर्यात बढ्दै गएको तथ्यांकले देखाएको छ । कोरोना महामारीले थालिएको अर्थातान्त्रलाई राजश्व बढेर केहि राहत पुगेको छ ।