image
image

विदेशमा बस्ने नेपालीहरुलाई किन जोडेन नागरिक एपले ।

विदेशमा बस्ने  नेपालीहरुलाई किन जोडेन नागरिक एपले ?


रवीन्द्र ढुङ्गेल 

गएको सातामात्र नेपाल सरकारद्वारा सार्वजनिक गरिएको एक सरकारी सेवामूलक एप "नागरिक एप"का  प्रयोगकर्ताहरु दिनानुदिन  बढिरहेका छन् । नेपाल सरकारले सम्भव भएसम्म सबै सरकारी सेवा एपबाटै दिने दूरगामी उदेश्य लिएको छ । नागरिक  एपमा सामान्यतया केहि त्रुटि  भएकाले सच्याउन आवश्यक रहेको जानकारी   प्रयोगकर्ताहरुबाट आइरहेको छ । 

सो अनुसार नै नेपाल सरकारले पनि क्रमशः देखापरेका समस्या हटाउन निरन्तर अन्वेषण गरिरहेको छ । तर यसैबीच आउने कतिपय गुनासोहरुमा  विदेशमा बस्ने ४० लाखभन्दा बढी नेपाली नागरिकहरुलाई भने यो एपको उपयोग  पाखा लगाइएको  छ । 

नेपाल सरकारका अनुसार नेपालमा चलेका फोन नम्बरहरुबाट मात्र " नागरिक एप " को संचालन गर्ने  व्यवस्था गरिएको छ । "नागरिक एप"ले कुनैपनि  मोबाइल नम्बर  कुनैपनी  नाममा रहे नरहेको ग्यारेन्टी  गर्न सम्बन्धित मोबाइल सेवा प्रदायक कम्पनीको सिस्टममा पहुँच बनाउने गर्दछ ।

यससँगै सो नम्बर उक्त व्यक्तिको  साथमा भएको ग्यारेन्टी  समेत गरिन्छ । तरपनि अन्य देशको  मोबाइल नम्बर प्रयोग गरिरहेका नेपाली नागरिकहरुको सम्पर्क नम्बर  यसरी प्रमाणीकरण गर्न असम्भव भएकाले यो सेवा अहिलेलाई  नेपालभित्र मात्र बसोबास गर्ने नेपाली नागरिकहरुले प्रयोग गर्नसक्नेछन् । 

जुनसुकै नेपाली नागरिकको कुनैपनि सूचना सुरक्षाका लागि यस किसिमको छिटो र अत्याधुनिक  प्रबन्ध मिलाइएको नेपाल सरकारद्वारा  बताइएको छ । यद्यपि भावी दिनमा यस्तो खालको सबै समस्याको समाधान हुनेमा विश्वास गरौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।