आज मौसम सफा रहने, हेर्नुहोस् भोलिको मौसम पूर्वानुमान
काठमाडौँ १० फागुन- आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि मंगलबार दिउँसो देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ
त्यसैगरी, मंगलबार राति देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।