image
image

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

काठमाडौं, १० फागुन । एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रीन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बाँडफाँड भएको छ ।

महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँडका क्रममा रहेको बेला अर्को एक कम्पनीले साधारण शेयर (आईपीओ) बिक्रीको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ ।

कम्पनीले कूल रु ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो । कम्पनीले कूल पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धमा एनएमबी क्यापिटल रहेको छ । बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने तयारी थालेको छ ।

पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको आकर्षण बढेको छ । पछिल्लो विवरणअनुसार कूल २८ लाख ८३ हजारले हितग्राही खाता खोलेका छन् ।

यस्तै अनलाइन कारोवारका लागि नेप्सको टीएमएस सेवा लिनेको संख्या मात्रै तीन लाख ५० हजार बराबर पुगेको छ ।

पछिल्ला दिनमा साधारण शेयर बिक्री गरेको पूर्वाधार बैंक, चन्द्रागिरी हिल्स लिमिटेड, पुनर्बीमा कम्पनीका कारण शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।