image
image

२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना

काठमाडौं १०  फागुन । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो ।

सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिहं तिकंरी बताउँछन् ।

यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोपबाटै नेपालमा माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । अहिले खरिद गरेको थप १० लाख डोज खोप उपलब्ध भएपछि अभियान निरन्तर चल्ने भएको छ र सरकारले समुदायस्तरमै पुगेर नागरिकलाई खोप दिनेछ ।

अनुदानमा उपलब्ध खोप सुरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालकसहित फ्रन्टलाइनरलाई दिइएको थियो । त्यसपछि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई दिइएको थियो । हाल उक्त खोप बैंक तथा वित्तीय संस्थाका कर्मचारी, नापी विभाग, जिल्ला प्रशासन कार्यालयका कमर्चारीले लगाइरहेका छन् । अनुदानमा प्राप्त १० लाख खोपबाट शनिबार साँझसम्म ४ लाख २ हजार जनाले खोप लगाएका छन् ।

अब फागुन २३ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजानिक यातायातमा कार्यरत कर्मचारीलाई खोप दिने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्रिपरिषदको बैठकले ५५ वर्षमाथिका नागरिकलाई दोस्रो चरणमा खोप दिने निर्णय गरेको थियो, मन्त्रालयले ६० वर्षमाथिकालाई मात्र अहिले खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । यद्यपि खोपको उपलब्धता हेरेर प्राथमिकता हेरफेर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल बताउँछन् ।

करिब २७ लाख जेष्ठ नागरिकहरुलाई खोप लगाउने मन्त्रालयले योजना बनाएको छ । यो तथ्यांकमा केही घटबढ हुन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी बताउँछन् । ‘सरकारका तथ्याकंमा भएका सबै मानिसले खोप लगाउँछन् भन्ने हुन्न, हामीले अनुमान गरेको २७ लाख हो’ उनले भने ।

‘तथ्यांकमा भएका सबै मानिस आउने/नआउने अर्को कुरा तर हाम्रो योजना २७ लाख नागरिकलाई खोप दिने हो’ डा. अधिकारीले भने ।पहिले अनुदानमा आएको र खरिद गरिएको २० लाख डोज खोप पनि अपुग भए कोभ्याक्समार्फत थप २२ लाख डोज खोप आउने अधिकारीले बताए । ‘ त्यसैले हामी खोप पुग्नेमा ढुक्क छौं’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।