image

मोरङमा शिक्षकको हत्या गर्ने विप्लवका नेता पेस्तोलसहित पक्राउ

काठमाडौँ ८  माघ । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना विप्लव माओवादीका नेतालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित बुधबार पक्राउ गरेको हो ।

 मोरंग बुढीगंगा   गाउँपालिका ४ मा स्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउँनुभयो । उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको बताइएको छ ।
   संखुवासभा साबिक मादी गाविस रामवेनी ७ हाल मादी नगरपालिका ४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ । विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न छन् ।

श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो । त्यो घटना अनुसन्धान सिलसिलामा प्रहरीले उनी संलग्न रहेको यसअघि नै पत्ता लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।