काठमाडौँ आइपुग्यो १० लाख डोज 'कोभिशिल्ड’ खोप
काठमाडौँ । कोरोना विरुद्धको‘कोभिशिल्ड’ खोपको १० लाख डोज आइतबार काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार भारतको नयाँ दिल्लीबाट आज १:३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आइपुगेको हो।
फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप ल्याइएको हो ।खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ । उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।