त्रिभुवन विश्वविद्यालयले माग्यो ५६४ जना शिक्षक (विज्ञापनसहित)
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ५६४ जना प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ । आइतबार गोरखापत्रमा सूचना सार्वजनिक गर्दै शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
आयोगले खुल्ला तथा समावेशीतर्फबाट पदपुर्तिको माग गर्दै अंग्रेजी, नेपाली अर्थशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ्गका विभिन्न विषय, मेडिलकका विभिन्न विषय, विभिन्न कलाका विषय लगायतका अन्य धेरै विषयका शिक्षक माग गरेको हो ।
प्राध्यापक, सहप्राध्यापक तथा उप–प्राध्यापक पदहरुमा खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गरिने आयोगले जनाएको छ । नेपाली नागरिकता भएका तोकिएका योग्यता पुगेका इच्छुकले चैत १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म दरखास्त आवेदन दिन सक्नेछन् ।
आवेदन दिन प्राध्यापकका लागि ३५ सय रुपैयाँ, सह–प्राध्यापकका लागि ३२ सय रुपैयाँ शुल्क तोकिएको छ । साथै आयोगको वेवसाइट https://www.tuservicecommission.edu.np बाट अनलाइनमार्फत् आवेदन दिन सकिने पनि उल्लेख गरिएको छ ।