image
image

निरन्तर बढिरहेको छ इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य, किन ? 

काठमाडौँ ०८ फागुन - गत आइतबार देखि दोस्रो बजारमा कारोबार शुरु गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर साताभरि नै सर्किट लाग्यो । आइतवार ३४० रूपैयाँमा शुरू भएको कारोवार बजार खुल्ने साताको अन्तिम दिन बिहीवार आइपुग्दा ५ सय ४६ मा पुगेको छ ।

यसबीचमा पाँचै दिन निफ्राको शेयर कारोवारमा सकारात्मक सर्किट लागेको हो । एउटा कम्पनीको शेयर एकै दिन १० प्रतिशतभन्दा बढी बढ्न वा घट्न पाउँदैन । १० प्रतिशत पुगेपछि सर्किट लाग्ने गर्छ ।सर्वसाधारणको ८ अर्बसहित कुल २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकको बजार पूँजीकरण १ खर्ब ९ अर्ब पुगेको छ । 

साताभर नै सर्किट लेभलमा पुगेपछि बैंकको शेयरबारे सर्वत्र चासो छ, शेयर बजार विश्लेषकहरू भने अहिले निफ्राको शेयर मूल्य बढ्नुलाई चलखेल नै हो भन्न नमिल्ने बताउँछन् । शंका स्वाभाविक भएपनि त्यस्ता संकेत नदेखिएको बजार विश्लेषकहरूको भनाइ छ ।

बजार विश्लेषकहरूका अनुसार बजारमा अहिले बैंकको शेयर बिक्रीका लागि राख्नेबित्तिकै किनिहाल्ने अवस्था छ, अर्थात् खरिदकर्ताको माग उच्च छ । खरिदकर्ताको माग उच्च हुनु नै सेयरको मूल्य बढ्नुको मुख्य कारण भएको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।