बाराका निमित्त प्रमुख ६ लाख घुससहित पक्राउ
काठमाडौँ ०८ फागुन । बाराको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् ।
जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो ।