यस्तो छ आगामी तीन दिनको मौसम पूर्व अनुमान
काठमाडौँ ८ फागुन । मौसम विदका अनुसार आगामी ३ दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ ।
पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको थियो ।अबको ३ दिन भने मौसम सफा हुने बताइएको छ ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १, बाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आइतवार देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।