इन्धनको मूल्य वृद्धीसँगै बढ्यो हवाई भाडा
काठमाडौँ ७ फागुन - नेपालमा एक महिनको अवधिमा ३ पटक सम्म इन्धनको मूल्य वृद्धी भइरहेको छ । यसको प्रत्यक्ष असर हवाई सेवामा पनि देखिएको छ । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णयसँगै वायुसेवा संचालकले पनि भाडा वृद्धी गरेका छन् ।
वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो ।
यस्तै संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको हो ।
बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।
यस्तो छ नयाँ भाडा दरको सूची :