image
image

कृषिमा बैंकको लगानी ११ प्रतिशत

काठमाडौँ  ७ फागुन - वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ३६ खर्ब ५८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेकोमा २ खर्ब ७१ अर्ब रुपैयाँ कृषि क्षेत्रमा गएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले २०८० असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै यस्तो कर्जा बढ्दै गएको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरूको कृषिमा लगानी २० प्रतिशतले वृद्धि भएको हो । गत आवको पुससम्म बैंकहरूको लगानी २ खर्ब १२ अर्ब भएको थियो । सरकारले आर्थिक वृद्धिका लागि कृषिलाई मुख्य प्राथमिकता दिदै आएको छ । सोही अनुसार राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा ऋण प्रवाहलाई प्राथमिकता दिदै आएको छ ।
सरकारको प्राथमिकता र बजारमाँगका कारण कृषिमा बैंकहरूको लगानी वृद्धि हँुदै गएको बताउँछन् कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय । “एकातिर कृषिमा लगानी बढाउन राष्ट्र बैंकले बाध्यात्मक निर्देशन दिएको छ, अर्कोतिर व्यवसायीक कृषिमा आकर्षण वृद्धि भएकाले ऋणको माग पनि बढेको छ,” उनी भन्छन् । पछिल्लो समयमा ठूला व्यावसायिक घरानासमेत व्यावसायिक रुपमा कृषिमा आकर्षित भएकाले बैंकबाट कृषि ऋणको माग वृद्धि भएको उनले बताए ।

सरकारले बजेटमा घोषणा गरी कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस कार्यक्रम अन्र्तगत ३३ हजार ८ सय १७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय किवी, ड्रागनफ्रुट जस्ता उच्च मूल्य भएका फलफुलका साथै तरकारी खेती, गाइपालन, माछापालन, बाख्रापालनमा व्यावसायिक रूपमा लाग्ने युवाहरू बढीरहेका छन् । संघिय सरकारबाहेक प्रदेश र स्थानिय तहले पनि व्यवसायीक कृषकलाई बैंक ऋणमा व्याज अनुदान दिने कार्यक्रम संचालन गरिरहेका छन् । कतिपय पालिका तथा प्रदेशहरूले विभिन्न बैंकसँग सम्झौता गरेर अनुदान कार्यक्रम संचालन गर्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।