बङ्गलादेशबाट खरिद गरेको मल एक हप्ताभित्र नेपाल आइपुग्ने
काठमाडौँ ७ फागुन - नेपाल सरकारले अबको एक हप्ता भित्र मल आइपुग्ने बताएको छ । बंगलादेश बाट खरिद गरिएको युरिया माल ढुवानीकर्ता संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले कारखाना बाट माल बुझेर लोड गरिसकेको हो ।
त्यस्तै आज र भोलीमा मल कलकत्ता बन्दरगाह आइपुग्ने बताइएको छ । त्यसपछि मलको ‘प्याकेजिङ’ गरेर मात्र नेपाल ल्याइने छ । बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल ल्याइन लागेको हो ।
नेपाल सरकारले यस अघी ५० हजार मेट्रिक टन युरिया मल किन्नका लागि २०७७ पुस २ गते ‘जी टू जी’ सम्झौता गरेको थियो। ५० हजार मेट्रिक टन मध्य पहिलो लटमा २० हजार मेट्रिक टन ल्याइने र अरू ३० हजार मेट्रिक टन बिस्तारै नेपाल ल्याउने काम हुने बताइएको छ ।