image
बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित

बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित

काठमाडौं कार्तिक १ । युएई र ओमानमा जारी आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमै बंगलादेश पराजित भएको छ।

आइतबार राति भएको पहिलो चरणको खेलमा बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो ।

ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।



बंगलादेशका मुस्फिकर रहिमले ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए ।

कप्तान महमुदउल्लाहले २३ रन जोडे भने अफिफ होसेनले १८ रन बनाए । मेहदी हसन १३ रनमा अविजित रहे ।

स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।


विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन् ।

पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।