चितवनमा तोरी उत्पादनमा वृद्धी
काठमाडौँ ७ फागुन - तोरी उत्पादनका लागि पकेट क्षेत्र मानिएको चितवनमा यो वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो ।
ज्ञान केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार चितवनमा गत वर्ष १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको छ ।
त्यस्तै जिल्लामा यस वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर १ दशमलब २ प्रतिशत रहेको छ । गत वर्ष उत्पादकत्व एक प्रतिशत रहेको थियो । यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढेको अनुमान छ ।यो वर्ष तोरी उत्पादनका लागि उपयुक्त मौसम भएको कारण पनि उत्पादन वृद्धि भएको किसानहरु बताउछन् ।