image
image

ग्रीन लाइफको आइपिओ भयो बाँडफाँट

काठमाडौँ ७ फागुन ।ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओ बाँडफाँट गरेको हो । जसमा गोलाप्रथा मार्फत ३ लाख २५ हजार १ सय ६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । 

 
त्यस्तै बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ । 


१३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको  बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४ सय  कित्तामध्ये ६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।