image
image
साफ फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी

साफ फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी

काठमाडौं असोज २८  । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने घोषणा गरेका छन्। नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेर फाइनल प्रवेशपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन्।

उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजिनामा लागु हुने बताए। उनले आफू नेपाल नफर्कने बताएका हुन्। उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु। फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ। फाइनलपछि म नेपाल फर्कने पनि छैन।’

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए। उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।