फाइनलमा नेपाल र भारत
काठमाडौं असोज २८ । भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।
मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।
अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ ।
फाइनल खेल आइतबार नेपाली समय अनुसार ४–४५ बजे सुरु हुनेछ ।
नेपाल उपविजेता बन्दै फाइनल पुगेको हो ।