image

सन्दीपले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड

सन्दीपले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड

काठमाडौं असोज २६  । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी प्लेयर अफ द मन्थ को अवार्ड जितेका छन् । उनले बंगलादेशका नासुम अहमद तथा अमेरिकाका ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पार्दै यो उपाधि जितेका हुन् । 

आइसिसीको प्लेयर अफ द मन्थको मनोनयनमा पर्ने सन्दीप दोस्रो नेपाली खेलाडी हुन् । गत वैशाखमा नेपालका ओपनर कुशल भुर्तेल आइसिसीको अप्रिलमा यस मनोयनमा परेका थिए । त्यसवेला पाकिस्तानका कप्तान बाबर आजमले उपाधि हात पारेका थिए । यसपटक सन्दीपले उपाधि हात पार्नुको मुख्य कारण नै गत महिना ओमानमा सम्पन्न आइसिसी विश्वकप लिग २ क्रिकेट सिरिज तथा पपुवा न्युगिनीसँगको दुई एक दिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गर्नु नै थियो । उनले पछिल्लो ६ अन्तर्राष्ट्रिय खेलमा १८ विकेट लिएका थिए । यसै प्रदर्शनको आधारमा आइसिसीले सन्दीपलाई सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको सूचीमा समावेश गरेको हो ।

अवार्डको विजेता आइसिसीकै प्यानल र खुला मतअनुसार घोषणा भएको हो । आइसिसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।