image
image

खुम्बुका २४ जना पर्यटन व्यवसायी तथा ट्रेकिङ गाइडलाई विनाधितो कर्जा

काठमाडौं । कोभिड पीडितलाई प्रभु बैंकले सहुलियतपूर्ण कर्जा दिने भएको छ । आइडिया स्टुडियोसँगको सहकार्यमा पहिलो चरणमा बैंकले खुम्बुका २४ जना पर्यटन व्यवसायी तथा ट्रेकिङ गाइडलाई विनाधितो कर्जा उपलब्ध गराएको हो ।

कोभिडले असर पारेको क्षेत्र पहिचान गरी बैंकले विनाधितो सहुलियत ऋण उपलब्ध गराएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । बैंकले अहिले जनही एक लाख रुपैयाँ कर्जा उपलब्ध गराएको हो ।

उनले अहिले सुरुआत गरे पनि साह्रोगाह्रो परेका व्यवसायी तथा मजदुरहरूलाई चरणवद्ध रूपमा कर्जा उपलब्ध गराउने बताए । शेरचनले व्यापार व्यवसायको चाहना र उपयुक्त योजना भएकाहरूलाई बैंकले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

यसअघि पनि आइडिया स्टुडियो र बैंकले कोभिडका कारण समस्यामा परेका टेम्पोचालक तथा शिक्षकहरूलाई विनाधितो कर्जा उपलब्ध गराएको थियो । आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाले प्रभु बैंकसँगको सहकार्यमा आफूहरूले अति प्रभावित क्षेत्र पहिचान गरी कर्जा उपलब्ध गराइरहेको तथा तल्लो तहको रोजगारी गुम्न नदिन प्रयास गरिरहेको बताए ।
-सौर्य दैनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।