६ महिनामै करिब २ करोड किलो प्याज आयात, सिजनमै महँगो
काठमाडौँ ६ फागुन - प्याजमा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन आदि तत्त्व पाइन्छन् । प्याजबाट कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फस्फोरस, भिटामिन (बी–१, बी–२, सी, ए) लगायत तत्त्वहरू पाइने जानकारहरू बताउँछन् । स्वास्थ्यका लागि उपयोगी मानिएको प्यजको बजार भाउ भने स्थिर रहन सकदैन। नेपालमा उत्पदन हुने भएपनी आवश्यकता अनुसार हुन नसक्दा ६ महिनामै करिब २ करोड किलो प्याज आयात गर्न परिरहेको छ ।
त्यस्तै भारत बाट निर्यात बन्द हुना साथ नेपालमा प्याजको मूल्य ह्वातौ बढ्ने गर्छ । यसरि प्याजमा आत्मनिर्भर हुन नसक्दा ६ महिनामै करिब २ करोड किलो प्याज आयात गर्नु पर्ने भएको छ ।
राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार नेपालमा मुख्यतः सर्लाही, बारा, पर्सा, सिराहा, सप्तरी, महोत्तरी, रौतहटमा प्याज गानो उत्पादन हुन्छ । प्याज कात्तिक/मंसिरमा लगाएर वैशाख, जेठदेखि भदौसम्म्म उखेलिन्छ । तर प्रयाप्त सिँचाइ अभावले यसको उत्पादनमा कमी आएको छ ।
बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार मुलुकभर औसतमा २० हजार ९ सय ८ हेक्टरमा प्याज खेती हुन्छ । उक्त क्षेत्रफलबाट वार्षिक २ लाख ९१ हजार ५ सय टन उत्पादन हुन्छ । स्वदेशी उत्पादन स्थानीय बजारमै खपत हुन्छ । ‘स्वदेशी उत्पादनले करिब ३० प्रतिशत मात्रै पुग्छ । उक्त उत्पादन दसैंतिहारसम्ममै सकिन्छ त्यसपछि आयातकै भर पर्नु पर्ने हुन्छ ।