image
image

शेयर बजार : दोहोरो अंकले बढ्यो नेप्से 

काठमाडौँ । धितोपत्र बजारमा साताको अन्तिम दिन (बिहीबार) नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ९.९४ अंकले बढेर दुई हजार ६ सय ११ दशमलब ४५ विन्दुमा पुगेको थियो । 

नेप्सेका अनुसार आज २५.२३ अंकले बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको छ भने ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ३ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ८ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।    

आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श, कर्णाली डेभलपमेन्ट बैंक, एभरेस्ट बैंक, बेस्ट फाइनान्स कम्पनी, सिभिल बैंक, समृद्धी फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् ।  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।