वैदेशिक व्यापारमा सुधार
काठमाडौँ। कोरोना महामारीको प्रभाव कम भएसंगै मुलुकबाट हुने वैदेशिक व्यापारमा सुधार देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकको ८ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको सोही अवधिमा भने ८ खर्ब ६८ अर्ब ५६ करोड बराबरको भएको थियो ।
चालू आवको पहिलो ७ महिनामा भएको वैदेशिक व्यापारको हिस्सा गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ९९ करोड अर्थात् ०.५७ प्रतिशतले धेरै हो । यस अवधिमा भएको कुल वैदेशिक व्यापारमा ८ खर्ब ३ अर्ब ६४ करोड बराबरको आयात भएको छ ।
चालू आवको माघ महिनामा मात्र ९ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवको सोही महिनामा मुलुकबाट ९ अर्ब ९८ करोड बराबरको निर्यात भएको थियो । यस्तै चालू आवको माघ महिनामा मात्र १ खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आवको सोही अवधिमा भने १ खर्ब २१ करोड रुपैयाँ बराबरको आयात भएको थियो।