image
image

निफ्राको शेयर खर्ब नाघ्यो, 

काठमाडौं ६ फागुन । आज  नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर खर्बभन्दा धेरै पुगेको हो । आइपीओ जारी गरेर दोस्रो बजारमा कारोबार शुरु गरेको ५औं दिनमा बिहीबार बैंकको शेयर खर्ब नाघेको हो । 

दोस्रो बजारमा २० करोड कित्ता सेयर सूचिकृत भएको निफ्राको बिहीबार १ बजेसम्मको प्रतिशेयर मूल्य ५ सय ४६ छ । यस हिसाबले निफ्राको शेयर १ खर्ब ९ अर्ब २० करोड पुगेको छ । 

दोश्रो बजारमा आइतबारदेखि कारोबार शुरु गरेको कम्पनीको सेयरमा हरेक दिन सकारात्मक सर्किटसँगै अगाडि बढेको छ । 

यसअघि नेपालका विभिन्न ७ वटा कम्पनीको शेयर खर्ब भन्दा माथि थियो । शेयर एक खर्बभन्दा धेरे पु¥याउने निफ्रा आठौ कम्पनी भएको छ । 

यसअघि खर्बपति क्लबमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेनस, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, ग्लोबल आइएमई, एनआइसी एसिया बैंक छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।