image
image

२०७८ को नयाँ शैक्षिक सत्र  असारबाट शुरु हुने 

काठमाडौं ६ फागुन।२०८८ को नयाँ शैक्षिक सत्र अब असार बाट शुरु हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण प्रभावित भएको शैक्षिक क्षेत्र पूर्ण रुपमा संचालन माघ देखि भएको हो । शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको भएपनि सिकाइ सहजीकरणमा विद्यार्थी जोड्न नसकेका विद्यालयहरुले माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय सन्चालन सुरु गरेका थिए ।

त्यस्तै शैक्षिक वर्ष २०७७ को एस ई ई जेठमा हुने निर्णय भएपछि नयाँ शैक्षिक सत्र अब असारबाट शुरु हुने निर्णय भएको हो । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने कुरा उल्लेख गरिएको छ । शिक्षा मन्त्रालयले उक्त कुरा मध्य नजर गर्दै शैक्षिक सत्र परिवर्तन गर्ने निर्णय गरेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।