कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ।
कामना सेवा विकास बैंक लिमिटेडले रु. एक हजार प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउने रु. १ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको छ ।
आज कार्यालय समयभित्र ऋणपत्र आवेदन फारम बुझाउन बैंकले निर्देशन गरेको छ । बैंकले ९ प्रतिशत व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको छ ।
बैकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन सकिने छ ।