image
image

आजबाट कोरोनाबिरुद्धको खोप नेपाल भित्रिंदै

काठमाडौँ।  भारत सरकारले अनुदानमा दिने भनिएको कोरोनाबिरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ।  भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको 'कोभिसिल्ड ' खोप १० लाख मात्रा बिहीबारदेखि नेपाल ल्याउन लागिएको हो।  

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिएका हुन्  । उनले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जानकारी दिए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले खोप लगाउनका लागि तथ्यांक संकलन, खोप स्टोर व्यवस्थापन र खोप लगाउने विधि आदि सबै तयारी पूरा भइसकेको बताएको छ । कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने योजना रहेको  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउछन । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, सफाइकर्मी र सुरक्षाकर्मीलाई प्राथमिकतामा राखेर ३ प्रतिशतको नाम संकलन गरिएको छ । यस्तै कोरोनाको जोखिममा रहेका व्यक्तिहरूलाई चरणबद्ध रूपमा खोप दिइने पनि उनले बताए। 

कोभिसिल्ड सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप हो । कोरोनाविरुद्धको खोप एलर्जी हुने, गर्भवती, ज्वरो आएका तथा रगतसम्बन्धी समस्या भएका  व्यक्तिलाई लगाउन हुँदैन । यसैगरी पहिला कोरोनाको अन्य कुनै खोप लगाएको छ भने पनि कोभिसिल्ड नलगाउन भनिएको छ । यो खोपको परीक्षण १८ वर्षभन्दा मुनिका व्यक्तिमा नभएकाले उक्त उमेर समूहलाई पनि यो खोप दिन नहुने जनाएको छ । कोभिसिल्ड खोप लगाएपछि कोही कोहीलाई खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रातो देखिने, चिलाउने जस्ता सामान्य असर देखिने जनाइएको छ ।





 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।