पछिल्लो समय नेपलमा बढ्यो स्मार्टफोन आयात, कति हुन्छ दैनिक आयात ?
काठमाडौँ ६ फागुन । नेपालमा आघिल्लो वर्षको तुलनामा यो वर्ष स्मार्ट फोनको आयात बढेको छ । नेपालले विदेशबाट दैनिक ११ करोड रूपैयाँभन्दा बढी मूल्यको स्मार्टफोन आयात गर्दै आएको पाइएको छ। चालु आर्थिक वर्षको सात महिनामा मोबाइल फोन आयात गर्दा अर्बौं रूपैयाँ रकम नेपालबाट बाहिरिएको देखिएको हो ।
भन्सार विभागका अनुसार साउनदेखि माघसम्ममा नेपालमा विदेशबाट २४ अर्ब छ करोड रूपैयाँको स्मार्टफोन भित्रिएको छ। सात महिनालाई औषत ३० दिनले हिसाब गर्दा दुई सय १० दिन हुन आउँछ।त्यसअनुसार पछिल्लो सात महिनामा स्मार्टफोन आयात गर्न खर्चिएको कूल रकमलाई दुई सय १० दिनले भाग गर्दा दैनिक ११ करोड ४२ लाख ८५ हजार रूपैयाँ बराबरको मोबाइल भित्रिएको देखिन्छ।सोही अवधिमा नेपालमा ४३ लाख ६८ हजार वटा फोन आयात भएको विभागले जानकारी दिएको छ। जसअनुसार नेपालले दैनिक औसतमा २० हजार आठ वटा फोन नेपाल भित्रिएका छन्।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा जम्मा १३ अर्ब तीन करोड रूपैयाँ बराबरको मोबाइल फोन नेपालमा भित्रिएको थियो। जुन, चालु वर्षमा भित्रिएको मोबाइलको रकमको तुलनामा ११ अर्ब रूपैयाँभन्दा कम हो। तर विभागका अनुसार कोरोनाकालमा नेपालका विद्यालय तथा कलेजहरूले अनलाइन कक्षा सञ्चालन गर्न थालेपछि मोबाइलको आयात बढेको हो।
त्यस्तै मोबाइल वितरक संघका अनुसार कोरोनाको समयमा नेपालले सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्दा लुकिछिपि भन्सार छलेर ल्याइने मोबाइलको संख्या घटेको छ। यस्तै विभिन्न कारण पनि स्मार्ट फोन आयातमा वृद्धि भएको देखिएको भनाई छ ।