image
image

इपिल–विराटनगरको जीत

काठमाडौँ  १७ असोज । विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो अन्तिम खेलमा पहिलो जीत दर्ता गराएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडाँै किङ्स–११ लाई ७ रनले पराजित गर्दै इपिएलमा सान्त्वना जीत दर्ता गराएको हो ।

विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रनको योगफल बनायो ।काठमाडौँका रहमानुल्हा गुर्बाजले सर्वाधिक २८ रन बनाए भने सुवास खकुरेलले २६, राजु रिजालले २४ र रायन बुर्लले १५ रन बनाए । बलिङतर्फ विराटनगरका रायन पठानले दुई र प्रतिश जिसीले एक विकेट लिए ।

वर्षाका कारण आठ ओभरमा छोट्याइएको खेलमा काठमाडौँविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो । विराटनगरको जीतमा अनिल साहले १६ बलमा अविजित रहँदै सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै रायन पठानले ३० रन जोडे भने कप्तान करण केसीले १५ रनको योगदान गरे । सौरभ खनाल ५ रनमा अविजित रहँदा, सिकन्दर राजा ४, आशिफ शेख २ र दिलशान मुनाविरा १ रनमा आउट भए ।

बलिङतर्फ काठमाडौँका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक एक विकेट लिए । विराटनगरले ५ खेलमा २ अङ्क जोड्यो । अघिल्लो चार खेल गुमाएको विराटनगर अङ्क तालिकाको पुछारमा रह्यो । काठमाडौँ ३ खेलमा २ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।