image
image

आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ? 

काठमाडौँ ६  फागुन । आज पनि सुनको मूल्यमा गिरावट आएको छ। आज तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी  व्यापार महासंघले जनाएको छ ।

हिजो तोलामा ११  सय रुपैयाँले घटेर  ८९ हजार ८  सयमा कारोबार भईरहेको छापवाला सूनको मूल्य आज ६ सय रुपैयाँले घटेर ८९ हजार २  सय रुपैयाँमा कारोबार भईरहेको छ ।
 
त्यस्तै आज तेजावी सुनको मूल्य पनि गिरावट आएको छ । आज तेजावी सुन तोलामा ६ सय रुपैयाँले घटेर ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य : 

हिजो २० रुपैयाँले घटेको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ३५  रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।