image
image

सुरु भयो देशकै ठुलो फर्निचर मेला, एक महिनासम्म चल्ने

रौतहट।  रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा फर्निचर मेला सुरु भएको छ । २०६५ देखि हरेक वर्ष वसन्त पञ्चमीबाट लाग्दै आएको यो मेलालाई देशकै सबैभन्दा ठुलो मेला भनिएको छ।  

एक महिनासम्म लाग्ने यस मेलामा फर्निचर र फलामका विभिन्न सामग्री राखिएका छन् । जिल्लाको विभिन्न भागबाट फर्निचर व्यवसायीले मेलामा फर्निचर ल्याएका छन् । यसका साथै छिमेकी जिल्ला बारा, पर्सा, सर्लाहीलगायतबाट पनि अत्यधिक मात्रामा काठका फर्निचर मेलामा ल्याइएको छ  ।

मेलामा विभिन्न डिजाइनका पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, कुर्सी, दराजलगायत घरायसी प्रयोजनका करिब सबै फर्निचर छन् । त्यस्तै विभिन्न ठाउँबाट आएका मिस्त्रीले फलामको कोदालो, हँसिया, कुटो, बन्चरो खुकुरीलगायतका सामग्री पनि बिक्री गर्न ल्याएका छन् । मेलामा प्रत्येक वर्ष फर्निचर र फलामका सम्पूर्ण सामग्री बिक्रीका लागि ल्याउने गरिएको छ ।

मेलामा गत वर्ष चार करोडको फर्निचर कारोबार भएकोमा यस बर्ष छ करोडको फर्निचर कारोबार हुने लक्ष्य लिइएको छ । गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यवसायीको सङ्ख्या बढेको र अवलोकनकर्ताको सङ्ख्यासमेत बढ्ने देखिएकाले छ करोडसम्मको कारोबार हुने पूर्व अनुमान गरिएको हो ।

मेलामा फर्निचरका सामाग्री सस्तो पाइने भएकाले हरेक वर्ष व्यापार बढ्दै गईरहेको छ । टाढा–टाढाबाट मानिस फर्निचर र घरायसी प्रयोजनका सामग्री किन्न आउने गरेका छन् । मेलामा फर्निचरका साथै फलामको पनि सबै सामग्री बिक्रीका लागि राखिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।