image
image
नवलपुरमा जन्ती बोकेको बोलेरो दुर्घटना, एक जनाको मृत्यु, १३ घाइते

नवलपुरमा जन्ती बोकेको बोलेरो दुर्घटना, एक जनाको मृत्यु, १३ घाइते

मंसिर ११। नवलपुरको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

बुधबार राति भएको दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कावासोतीको डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो विपरीत दिशाबाट आएको ट्याक्टरसँग ठोक्किएको थियो।

घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि भरतपुरस्थित मेडिकल कलेज लगिएको छ। दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।