image
image
युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, सपिङ सेन्टरसहित भवनमा क्षति

युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, सपिङ सेन्टरसहित भवनमा क्षति

नोभेम्बर २६। रुसले युक्रेनको राजधानी किएभमा बुधबार राति ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ। आक्रमणमा सपिङ सेन्टरसहित ड्निप्रो नदीको पूर्वी किनारमा रहेका अन्य दुई भवनमा क्षति पुगेको छ।

किएभका मेयर भिटाली क्लिच्कोका अनुसार आक्रमणमा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

आक्रमणका क्रममा सहरका विभिन्न क्षेत्रमा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए। औद्योगिक क्षेत्रमा रहेको एउटा भवनमा समेत क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

रुसी आक्रमण जारी रहेकाले सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमा बस्न प्रशासनले आग्रह गरेको थियो।

युक्रेनमा जाडो मौसम नजिकिँदै गर्दा ऊर्जा तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणले सर्वसाधारणको जनजीवन थप प्रभावित हुने चिन्ता बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।