image
image
स्पेनमा आर्थिक वृद्धि भए पनि महँगो आवासले नागरिक असन्तुष्ट

स्पेनमा आर्थिक वृद्धि भए पनि महँगो आवासले नागरिक असन्तुष्ट

मंसिर ४। स्पेनको अर्थतन्त्र युरोपका अन्य प्रमुख अर्थतन्त्रको तुलनामा तीव्र गतिमा वृद्धि भइरहे पनि महँगो आवास र दैनिक उपभोग्य वस्तुको मूल्यका कारण सर्वसाधारण नागरिक असन्तुष्ट बनेका छन्।

युरोपेली आयोगको प्रक्षेपणअनुसार सन् २०२६ मा स्पेनको अर्थतन्त्र २.६ प्रतिशतले वृद्धि हुने अनुमान छ। तर आर्थिक वृद्धिको लाभ आम नागरिकको जीवनस्तरमा पर्याप्त रूपमा पुग्न नसकेको विश्लेषण गरिएको छ।

सन् २०१५ देखि २०२५ सम्म स्पेनमा मुद्रास्फीति समायोजनपछि पनि घरको मूल्य ४३ प्रतिशतले बढेको छ। सोही अवधिमा युरोपेली संघमा घरको मूल्य औसत २५ प्रतिशतले मात्रै बढेको थियो।

घरको अभाव पनि गम्भीर बन्दै गएको छ। बैंक अफ स्पेनका अनुसार देशमा मागअनुसार करिब ७ लाख ५० हजार घरको कमी रहेको अनुमान छ। यस समस्याबाट विशेषगरी युवा तथा न्यून आय भएका परिवार प्रभावित भएका छन्। १८ देखि ३४ वर्ष उमेर समूहका करिब दुईतिहाइ युवा अझै अभिभावकसँगै बस्न बाध्य छन्।

आवास संकट र बढ्दो जीवनयापन खर्च अहिले स्पेनको प्रमुख राजनीतिक मुद्दा बनेका छन्। यही असन्तुष्टिका बीच नोभेम्बर २९ मा हुने आमनिर्वाचनमा विभिन्न राजनीतिक दलले घर निर्माण, भाडा नियन्त्रण र सस्तो आवास उपलब्ध गराउने प्रतिबद्धता अघि सारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।