image
image
इजिप्टको गिजामा भीषण आगलागी, कम्तीमा ३१ जनाको मृत्यु

इजिप्टको गिजामा भीषण आगलागी, कम्तीमा ३१ जनाको मृत्यु

मंसिर ४। इजिप्टको गिजा क्षेत्रमा इन्धन बोकेको ट्रक पल्टिएर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

गिजाको अल–वराक जिल्लास्थित कायरो रिङ रोडमा बुधबार भएको दुर्घटनापछि आगो सल्किएर आसपासका सवारीसाधनमा फैलिएको थियो। आगलागीका कारण कार र मोटरसाइकलसहित कम्तीमा २७ वटा सवारीसाधन जलेर क्षतिग्रस्त भएका छन्।

घटनास्थलमा उद्धारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको थियो। घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ। मृतकको पहिचान खुलाउन केही शवको डीएनए परीक्षणसमेत गरिने अधिकारीहरूले बताएका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक विवरणअनुसार ट्रक अनियन्त्रित भई सडकको बीचको अवरोधमा ठोक्किएपछि पल्टिएको र त्यसपछि आगलागी भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।