image
image
काठमाडौंका १६९ सार्वजनिक शौचालयमध्ये १२३ मा सुधार आवश्यक

काठमाडौंका १६९ सार्वजनिक शौचालयमध्ये १२३ मा सुधार आवश्यक

मंसिर ४। काठमाडौं महानगरपालिकाभित्र रहेका १६९ वटा सार्वजनिक शौचालयमध्ये १२३ वटामा मर्मत तथा स्तरोन्नति आवश्यक रहेको अध्ययनले देखाएको छ। सहरी योजना आयोगले गरेको अध्ययनअनुसार ४६ वटा शौचालय मात्रै राम्रो भौतिक अवस्थामा छन्।

अध्ययनले ११३ वटा शौचालय नियमित सञ्चालनमा रहेको, ९ वटा आंशिक सञ्चालनमा रहेको र १४ वटा बन्द वा सञ्चालनमा नरहेको देखाएको छ। त्यस्तै, १० वटा निर्माणाधीन र २ वटा प्रयोग गर्न अयोग्य अवस्थामा छन्। २१ वटाको सञ्चालन अवस्था भने स्पष्ट हुन सकेको छैन।

अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सुविधा भएका शौचालय १५ वटा अर्थात् करिब ९ प्रतिशत मात्रै छन्। महिनावारी स्वच्छता व्यवस्थापनको सुविधा ३२ वटामा मात्रै छ भने राम्रो सरसफाइ भएको शौचालयको संख्या ३६ मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ।

अध्ययनपछि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक शौचालयलाई आधारभूत र अनिवार्य सेवाका रूपमा सञ्चालन गर्न तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिमैत्री बनाउन निर्देशन दिएकी छन्। नयाँ शौचालय थप्नुभन्दा पहिले भएका संरचनाको मर्मत, सरसफाइ र व्यवस्थापन सुधार गर्न अध्ययनले सुझाव दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।