image
image
नेपालको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित, उद्योग र कृषि क्षेत्रमा सुस्तता

नेपालको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित, उद्योग र कृषि क्षेत्रमा सुस्तता

मंसिर १०। नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०८२/८३ मा घटेर ३.८५ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो। यस वर्ष भने आर्थिक गतिविधिमा सुस्तता देखिँदा वृद्धिदर ०.५८ प्रतिशत बिन्दुले घटेको छ।

क्षेत्रगत रूपमा हेर्दा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत, औद्योगिक क्षेत्रको ५.६७ प्रतिशत र सेवा क्षेत्रको ४.२१ प्रतिशत रहेको छ।

कृषितर्फ प्रमुख खाद्यान्न बालीको उत्पादन ०.८४ प्रतिशतले घटेको छ। औद्योगिक क्षेत्रको औसत उत्पादन क्षमता उपयोग पनि अघिल्लो वर्षको ५१.४३ प्रतिशतबाट घटेर ४८.१३ प्रतिशतमा झरेको छ।

त्यस्तै, वस्तु निर्यात १३.८१ प्रतिशतले बढ्दा आयात भने १६.२० प्रतिशतले वृद्धि भएको छ। यसले नेपालको व्यापार घाटा थप बढेको देखाउँछ।

प्रदेशगत रूपमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.७१ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४.२० प्रतिशत छ।

अर्थतन्त्रमा देखिएको यो सुस्तताले कृषि उत्पादन वृद्धि, औद्योगिक क्षमता उपयोग र स्वदेशी उत्पादन प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।