image
image
मध्यपूर्वको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल ९४ डलर नाघ्यो

मध्यपूर्वको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल ९४ डलर नाघ्यो

मंसिर १०। मध्यपूर्वमा बढ्दो सैन्य तनाव र तेल आपूर्ति अवरुद्ध हुन सक्ने जोखिमका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ।

बिहीबार एसियाली बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ९४.७१ अमेरिकी डलर पुगेको छ। त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) तेलको मूल्य प्रतिब्यारेल ८४.०३ डलर पुगेको छ।

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको प्रमुख तेल प्रशोधन केन्द्र रास तनुरामा आक्रमण गरेको दाबी गरेपछि बजारमा आपूर्ति प्रभावित हुने चिन्ता बढेको हो।

त्यस्तै, इरानले स्ट्रेट अफ होर्मुज क्षेत्रमा तेल बोकेका जहाजहरू समुद्री सुरुङमा परेको दाबी गरेपछि अन्तर्राष्ट्रिय तेल ढुवानीको सुरक्षामाथि थप प्रश्न उठेको छ।

बुधबार मात्रै ब्रेन्ट क्रुडको मूल्य ३.५ प्रतिशतले बढेको थियो भने डब्लूटीआईको मूल्य २ प्रतिशतले वृद्धि भएको थियो।

विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध उत्पन्न भएमा विश्व बजारमा तेल आपूर्ति प्रभावित हुन सक्ने विश्लेषकहरूको भनाइ छ।

यसैबीच, आगामी नोभेम्बर २९ मा हुने ओपेक प्लसको बैठकले सन् २०२७ का लागि तेल उत्पादनसम्बन्धी नीति निर्धारण गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।